नारायणी नदीमा भेटियाे पुरूषको शव, त्रिशूलीमा बेपत्ता बसमा सवार यात्रु भएको आशंका

File Photo
File Photo

चितवनकाे भरतपुर महानगरपालिका–२८ गोलाघाटस्थित नारायणी नदी किनारमा एक व्यक्तिको शव फेला परेकाे छ। 

सिमलतालमा पहिरामा परेर त्रिशूलीमा खसेकाे बसको खोजी गर्ने क्रममा शनिबार भारतीय नागरिक ऋषिपाल साह शव फेला परेको हाे। 

दुर्घटनास्थलबाट करिब ५० किलोमिटर पश्चिम नारायणी नदीमा साहको शव प्रहरीले जनाएकाे छ। उनी त्रिशूलीमा खसेकाे बसका यात्रु हुनसक्ने आशंका गरिएकाे छ। 

यद्यपि उनी साे बसको यात्रु हुन् वा होइनन् भन्ने खुल्न बाँकी रहेको छ। उनको साथमा रहेकाे एटीएम कार्ड र भारतीय आधार कार्डको आधारमा उनकाे पहिचान खुलेकाे छ।

भरतपुर–२९ सिमलतालस्थित नारायणगढ–मुग्लिन सडकमा शुक्रबार आएको लेदोसहितको पहिरोका कारण शुक्रबार बिहान यात्रुसहित त्रिशूली नदीमा दुई बस खसेका थिए।

दुर्घटनालगत्तै शुक्रबार नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका सबै तालिमप्राप्त समूह दिनभर खोजी कार्यमा खटिएका थिए। आज पनि खोजीकार्य जारी राखिएको छ र अहिलेसम्म बस भेटिएको छैन। 

प्रकाशित मिति: : 2024-07-13 12:32:00

प्रतिकृया दिनुहोस्