तेजन खड्का
शालीन पोखरेलको परिवारले छोरीको पोष्टमार्टमको रिपोर्टप्रति आपत्ति जनाएकाे छ।
अघिल्लो शनिबार चितवनको रत्ननगर नगरपालिका– १० स्थित एकता शिशु निकेतको होस्टलमा झुन्डिएर मरेको अवस्थामा भेटिएकी १४ वर्षीया शालीनको काठमाडौँस्थित त्रिवि शिक्षण अस्पतालमा बुधबार पोष्टमार्टम भएको थियो।
आइतबार सार्वजनिक पोष्टमार्टको रिपोर्टमा मृत्युको कारण ‘ह्याङ्गिङ’ उल्लेख गरिएको छ। त्याे भनेकाे मृत्युकाे कारण बलात्कार हाेइन भन्नु हाे।
शालीनको परिवारले पोष्टमार्टमा रिपोर्ट अहिलेसम्म नपाएको बताएको छ। ‘म अहिले अस्पतालमा नै छु, अहिलेसम्म हामीले रिपोर्ट पाएका छैनौँ’, शालीनका बुबा दीपेन्द्र पाेखरेल (ललित)ले बिएल नेपाली सेवासँगको टेलिफाेन कुराकानीमा भने।
उनले मिडियामा सार्वजनिक भएको पोष्टमार्टम रिपोर्ट आफूलाई स्वीकार्य नभएको बताए।
उनले यौनाङ्गमा घाउ भएको अवस्थामा मृत भेटिएकी छोरी बलात्कृत भएकी होइनन् भनेर पत्याउनै नसकिने उल्लेख गरे। र, प्रश्न गरे, ‘के .....२६ जस्तै रातभरि होटलमा सुतेर आएपछि मात्र बलात्कार भएको हुने हो?’
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया