बिएल संवाददाता
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी मृतक शालीन पाेखरेलले अध्ययन गर्ने विद्यालय पुगेका छन्।
अधिवक्ता त्रिपाठी शनिबार चितवनकाे रत्ननगर नगरपालिका- १० स्थित एकता शिशु निकेतन पुगेका हुन्। घटनास्थल पुगेका उनले त्यहाँकाे अवस्थाबारे जानकारी दिएका छन्।
जहाँ कक्षा ८ मा अध्ययनरत १४ वर्षीया शालीन पाेखरेल गत शनिबार हाेस्टलमा झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन्। उनकाे आत्महत्या नभई बलात्कारपछि हत्या भएको परिवारको दाबी छ।
त्यसबीचमा विद्यालय पुगेका अधिवक्ता त्रिपाठीले शालीनकाे निधनपछि विद्यालयकाे भूमिका शङ्कास्पद देखिएको बताएका छन्।
‘विद्यालय प्रसाशनको यसै पनि जिम्मेवारी हुन्छ तर यसै पनि घटनालाई लुकाउने काम भयाे’, अधिवक्ता त्रिपाठीले भनेका छन्, ‘त्यहाँ तत्काल क्राइम सिनलाई जुन घटनास्थल हाे, त्यसलाई जस्ताकाे त्यस्तै जाेगाउनु पर्थ्याे। तर, त्यहाँ चाहिँ प्रवेश गरियाे।’ याे कारण गर्दा धेरै प्रश्नहरु उब्जिएकाे उनको भनाइ छ।
उनले घटनाकाे सत्य-तथ्य बाहिर ल्याउन मिडियाहरुलाई आव्हान गरे।
भिडियो :
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया