
बिएल संवाददाता
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी मृतक शालीन पाेखरेलले अध्ययन गर्ने विद्यालय पुगेका छन्।
अधिवक्ता त्रिपाठी शनिबार चितवनकाे रत्ननगर नगरपालिका- १० स्थित एकता शिशु निकेतन पुगेका हुन्। घटनास्थल पुगेका उनले त्यहाँकाे अवस्थाबारे जानकारी दिएका छन्।
जहाँ कक्षा ८ मा अध्ययनरत १४ वर्षीया शालीन पाेखरेल गत शनिबार हाेस्टलमा झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन्। उनकाे आत्महत्या नभई बलात्कारपछि हत्या भएको परिवारको दाबी छ।
त्यसबीचमा विद्यालय पुगेका अधिवक्ता त्रिपाठीले शालीनकाे निधनपछि विद्यालयकाे भूमिका शङ्कास्पद देखिएको बताएका छन्।
‘विद्यालय प्रसाशनको यसै पनि जिम्मेवारी हुन्छ तर यसै पनि घटनालाई लुकाउने काम भयाे’, अधिवक्ता त्रिपाठीले भनेका छन्, ‘त्यहाँ तत्काल क्राइम सिनलाई जुन घटनास्थल हाे, त्यसलाई जस्ताकाे त्यस्तै जाेगाउनु पर्थ्याे। तर, त्यहाँ चाहिँ प्रवेश गरियाे।’ याे कारण गर्दा धेरै प्रश्नहरु उब्जिएकाे उनको भनाइ छ।
उनले घटनाकाे सत्य-तथ्य बाहिर ल्याउन मिडियाहरुलाई आव्हान गरे।
भिडियो :
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भिमशेन थापादेखी सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया