
तेजन खड्का
चितवनस्थित विद्यालयकाे छात्रावासमा मृत भेटिएकी शालीन पाेखरेलकाे पोष्टमार्टम रिपार्ट बलात्कार नभएको देखाएको छ।
पोख्रेलको शवको पोष्टमार्टम काठमाडौँको त्रिवि शिक्षण अस्पतालमा गत बुधाबर गरिएको थियो। प्रहरी स्राेतका अनुसार पोष्टमार्टम रिपाेर्टमा उनको बलात्कार नभएको पाइएको हो।
प्रहरी श्रोतले भन्यो, ‘पोखरेलको कन्याजाली नच्यातिएको हाइमेन इन्टयाक्ट रहेको पोष्टमार्टमाबाट खुलेको छ।’
उनको मृत्युको कारणबारे पोस्टमार्टम रिपोर्टमा, ‘ह्याङ्गिङ ’ लेखिएको छ।
गत शनिबार बिहान रत्ननगर नगरपालिका– १५ माधवपुर मामाघरमा बसी एकता शिशु निकेतनकाे होस्टलमा बस्ने गाेरखाकी १४ वर्षीया शालीन पोख्रेलको मृत्यु भएको थियो।
बालिका होस्टलको कोठामा रहेको सिलिङको पङ्खामा पलास्टिककाे डोरीमा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन्।
उनको मृत्युपछि मृतकका आफन्तले ज्यानसम्बन्धी कसुरमा किटानी जाहेरी दिएपछि प्रहरीले उक्त विद्यालयका प्रधानाध्यापक ६० वर्षीय बालहरि देवकोटा, सह-प्रधानाध्यापक ४० वर्षीय किरणबहादुर अधिकारी र होस्टेल वार्डेन ४८ वर्षीय कमल शर्मा पौडेललाई मंगलबार पक्राउ गरेको थियो।
चितवन जिल्ला अदालतको आदेशअनुसार अनुसन्धानको लागि उनीहरुलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ।
शालीनको बलात्कारपछि हत्या भएको भनी परिवारले आन्दोलन गरिरहेका छन्। अहिले सामाजिक सञ्जालमा पनि उनको न्यायका लागि भन्दै प्रदर्शन भइरहेको छ।
न्याय माग्दै आन्दाेलन :
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया