भ्रष्टाचारीलाई कार्वाहीको माग गर्दै प्रदर्शन (तस्बिर)

भ्रष्टाचारबिरुद्धमा काठमाडौँमा प्रदर्शन भएको छ। शनिबार आम जनता पार्टी (आजपा) ले प्रदर्शन गरेको हो। 

आजपा काठमाडौँ उपत्यका संयोजन समितिको आयोजनामा ललितपुरको कुपण्डोलबाट सुरु भएको भ्रष्टाचारबिरुद्धको मोटरसाइकल र्‍याली थापाथली, त्रिपुरेश्वर, सुन्धारा, रत्नपार्क, भृकुटीमण्डप हुँदै भद्रकालीमा पुगेर सभामा परिणत भयो। 

प्रदर्शनमा उत्रिएकाहरूले ‘भ्रष्टाचारीलाई कारवाही गर’, ‘जनतालाई लुटन पाइँदैन्’, ‘लुटकारी व्यवस्था चाहिदैन्’ लगायतका नारा लगाएका थिए। 

बिरोध प्रदर्शन पश्चात आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले भ्रष्टाचारले आम जनता आजित भएको र देश बर्बाद भइरहेको बताए।

तस्बिर

 
 

प्रकाशित मिति: : 2024-02-03 17:43:00

प्रतिकृया दिनुहोस्