नेपाल एकता पार्टीको उपत्यका कमिटी गठन

Break n Links
Break n Links

नेपाल एकता पार्टीको उपत्यका कमिटी गठन भएको छ। बलराम थापाको संयोजगत्वमा ९ सदस्यीय समिती गठन भएको हो।

नेपाल एकता पार्टीको  केन्द्रीय कार्यालय कोटेश्वरमा एक कार्यक्रमको बीच उपत्यका समन्वय समिती गठन गरिएको थियो।

पार्टीका अध्यक्ष डाक्टर महेन्द्रजंग शाहको उपस्थितिमा समन्वय समिती गठन भएको हो।

भर्खरै स्थापना भएको नेपाल एकता पार्टीले देशव्यापी रुपमा आफ्नो संगठन बिस्तार गर्न थालेको छ। कानुनविद् डाक्टर महेन्द्रजंग शाहको नेतृत्व र स्वच्छ छविका कारण पार्टीमा बुद्धिजिवीहरूले पनि धमाधम सदस्यता लिन थालेका छन्।

प्रकाशित मिति: : 2025-03-02 18:37:00

प्रतिकृया दिनुहोस्