केपी ओलीकाे आरोप- वर्तमान सरकार अलोकतान्त्रिक र भ्रष्ट भयाे

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार सामान्य मूल्य मान्यतामा पनि चल्न नसकेको बताएका छन्।

बैङ्क, बिमा तथा वित्तीय संस्था कर्मचारी संघ नेपालको सातौँ राष्ट्रिय महाधिवेशनलाई शुक्रबार काठमाडौँमा सम्बोधन गर्दै अध्यक्ष ओलीले वर्तमान सरकार अलोकतान्त्रिक र भ्रष्ट सरकार भएको बताएका हुन्।

‘यो सरकार काम नलाग्ने, अलोकतान्त्रिक र भ्रष्ट सरकार हो’, ओलीले भने। गठबन्धन सरकारले देशमा बेथिति निम्त्याएको उनले बताए।

‘यो सरकार कानुनअनुसार चल्ने, कानुनी मूल्य मान्यताअनुसार चल्ने सरकार होइन, गैरकानुनी बेथितिसँग चल्ने सरकार हो, यसका दृष्टान्त जति दिए पनि कम हुन्छन्’, ओलीले भने।

गठबन्धनको कारण देश बरबाद भएको ओलीले बताए। अहिलेको सरकारका कारण देशको राजनीति, अर्थतन्त्र, सामाजिक, सांस्कृतिक अवस्था सबै खराब भएको ओलीले टिप्पणी गरे।

प्रकाशित मिति: : 2024-02-02 12:36:00

प्रतिकृया दिनुहोस्