स्वास्थ्य मन्त्रालयलयले वीर अस्पतालको निर्देशकबाट हटायो डा. पौडेललाई  

 वीर अस्पतालका कार्यकारी निर्देशक डा. सन्तोष षाैडेलाई जिम्मेवारीबाट हटाइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उनलाई जिम्मेवारीबाट हटाएर मन्त्रालयमा तानेको छ। 

हिजो शुक्रबारदेखि पौडेललाई मन्त्रालयमा हाजिर हुन भनिएको छ। ‘अर्को निर्णय नभएसम्म वीरको निर्देशकको जिम्मेवारीबाट हटाइएको छ। मन्त्रिस्तरीय निर्णय अनुसार अब मन्त्रालयमा हाजिर हुन अनुरोध छ,’ पत्रमा भनिएको छ। 

डा. पौडेललाई हटाउनुपर्ने कारण के?
डा. पौडेल राजनीतिक दलमा आवद्ध भएको पाइएपछि उनलाई जिम्मेवारीबाट हटाइएको मन्त्रालयले जनाएको छ। 

निर्देशकमा नियुक्त भएपछि उनीविरुद्ध निर्वाचन आयोगमा राजनीतिक दलमा आवद्ध रहेको व्यक्ति सरकारी नियुक्ति खाएको भनेर उजुरी परेको थियो। 

डा. पौडेल नेकपा एमालेको सदस्य र एमाले निकट राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको महासचिव रहेको उजुरी परेपछि निर्वाचन आयोगले  मन्त्रालयलाई कार्वाहीका लागि पत्र पठाएको थियो।  

राजनीतिक दलमा आवद्ध रहेको व्यक्ति कुनै पनि सरकारी नियुक्ति खान पाउँदैन। राजनीतिक दलसम्बन्धी ऐन र नेपाल स्वास्थ्य सेवा ऐनमा राजनीतिक दलमा आवद्धता रहेको व्यक्ति सरकारी नियुक्त नपाउने व्यवस्था गरिएको छ। 

तर डा. पौडेल  नेकपा एमालेको राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालको महासचिव हुन्। यद्यपी उनले आफू कुनै पनि दलमा नरहेको बिएल नेपाली सेवासँगको कुराकानीमा बताएका थिए। 

गएको फागुनमा उनी वीर अस्पतालको निर्देशमा नियुक्त भएका थिए। 

याे पनि

वीर अस्पतालका निर्देशक पौडेललाई कार्वाही गर्न पत्राचार

प्रकाशित मिति: : 2023-12-02 07:21:00

प्रतिकृया दिनुहोस्