वीर अस्पतालका निर्देशक पौडेललाई कार्वाही गर्न पत्राचार

डा. पौडेल भन्छन्– मरो राजनीतिक दलमा आवद्धता छैन

वीर अस्पतालका कार्यकारी निर्देशक डा. सन्तोष पौडेललाई कार्वाही गर्न पत्राचार भएको छ। निर्वाचन आयोगले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई कार्वाहीका लागि पत्राचार गरेको हो। 

गएको असारमा डा. पौडेल राजनीतिक दलमा आवद्धता रहेको उजुरी आयोगमा परेको थियो। आयोगले दुई हप्ताअघि मन्त्रालयलगायत संवन्ध निकायमा पौडेलमाथिको उजुरी उपर निर्णय लिन पत्राचार गरेको थियो। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले आयोगबाट पत्र आएको बताए। यस विषयमा मन्त्रालयमा छलफल नभएको र पत्रका विषयमा थप बुझ्ने काम भइरहेको उनको भनाइ छ। 

डा. पौडेल पौडेल नेकपा एमालेको सदस्य र एमाले निकट राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको महासचिव रहेको उजुरी परेको थियो। राजनीतिक दलमा आवद्धता रहेको व्यक्ति सरकारी नियुक्त नपाउने राजनीतिक दलसम्बन्धी ऐन र नेपाल स्वास्थ्य सेवा ऐनमा व्यवस्था गरिएको छ। 

मन्त्रालयका प्रवक्ता बुढाथोकीले यदि राजनीतिक दलमा आवद्धता रहेको देखिएमा पौडेलमाथि कार्वाही गरिने बताए। ‘नियुक्त हुनुअघि राजनीतिक दलको आवद्धता नत्यागेको पाइएमा कार्वाही हुन्छ,’ उनले भने। 

पौडेल भने आफ्नो राजनीतिक दलमा आवद्धता नरहेको दाबी गर्छन्। बिएल नेपाली सेवासँग कुरा गर्दै उनले भने– ‘म राजनीतिक दलमा आवद्ध छैन।’ 

गएको फागुनमा नियुक्ति पत्र लिएका पौडेलालाई नियुक्त हुनुपूर्व राजनीतिक दल त्याग्नुभएको हो भन्ने प्रश्नमा उनले भने–‘म कहिल्यै राजनीतिक दलमा आवद्ध थिएन। कसरी आवद्धता त्याग्ने?’

तर उनको यो दाबी गलत देखिन्छ। नेकपा एमालेको वइवसाइट राखिएको राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालको पदाधिकारीमा महासचिव पदमा डा. पौडेलको नाम छ। 

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघकाे पादाधिकारीकाे विवरण


 

प्रकाशित मिति: : 2023-11-29 11:58:00

प्रतिकृया दिनुहोस्