उत्तराखण्डमा हिउँपहिरो, ४७ मजदूर पुरिए

भारतको उत्तर प्रदेशको चमोलीमा हिमपहिरो गएको छ। स्थानीय प्रशासनका अनुसार हिमपहिरोमा ४७ जना मजदूरहरू पुरिएको आशंका गरिएको छ। १६ जनाको उद्धार गरिएको छ। 

शुक्रबार दिउँसोतिर त्यहाँको माणा गाउँमा मजदुरहरूले काम गरिरहेका बेला हिउँपहिरो खसेको थियो। सिमा सडक संगठन अन्तर्गत त्यहाँ कैयौं मजदूरहरूले काम गरिरहेका थिए।

उद्धार गरिएकामध्ये केही मजदूर घाइते भएका छन्। हराइरहेका ४७ मजदूरहरूको खोजी कार्य जारी रहेको स्थानीय प्रशासनले जनाएको छ। 

उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले हिउँपहिरोको खबर पुष्टि गर्दै केही मजदूरहरूको उद्धार गरिएको र पुरिएकाहरूको खोजी कार्य जारी रहेको बताएका छन्। विभिन्न सुरक्षा निकाय तथा स्थानीय स्वंयसेवकहरू उद्धार तथा राहत कार्यमा जुटेको पनि उनले जानकारी दिएका छन्। 
 

प्रकाशित मिति: : 2025-02-28 15:53:00

प्रतिकृया दिनुहोस्