आगलागीमा परेका उर्लाबारीका ६ जनाकाे अवस्था गम्भीर, भेट्न अस्पताल पुगे मन्त्री लिम्बू

मोरङको उर्लाबारीमा आगलागी हुँदा घाइते भएकाहरूमध्ये ६ जनाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ। शुक्रबार घाइतेहरूको अवस्था बुझ्न कीर्तिपुर अस्पताल पुगेका युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूलाई उपचारमा खटिएका चिकित्सिकहरुले यस्तो जानकारी गराएका हुन्।

उपचाररत २५ मध्ये ६ जनाको अवस्था गम्भीर रहेको अस्पतालका डाक्टर निजिना ताम्राकारले बताए। उनले जलनको घटनामा सबै घाइतेहरूको अवस्था गम्भीर नै हुने जानकारी दिए। डा. ताम्राकारले चिकित्सकहरू घाइतेको उपचारमा लागिरहेको बताए।

उनले भने, ‘बर्न केसमा यति समय भन्न नै सकिँदैन, सबै चिकित्सकहरू काममा लागिरहनुभएको छ। यसको वेटर म्यानेजमेन्ट गर्नेछौँ। ६ जनाको अवस्था क्रिटिकल्ली छ।’

घाइतेको अवस्था बुझ्न अस्पताल पुगेका मन्त्री लिम्बूले अमेरिकाबाट थप चिकित्सकको टोली मगाएर घाइतेको उपचार गराउने प्रक्रिया सुरु गरिएको बताए। उनले अमेरिकाबाट आइतबारसम्म चिकित्सक आइसक्ने र थप उपचार थाल्ने जानकारी गराए। डा. ताम्राकारले सरकारले घाइतेको जीवन रक्षाका लागि आवश्यक सबै काम र सहयोग गर्ने प्रतिबद्धता जनाए।

उनले भने, ‘पाँच/छ जना बिरामीको उपचार थप जटिल छ भन्नुभएको छ, आइतबार अमेरिकाबाट थप डाक्टर मगाएर उपचार गर्ने जानकारी भएको छ। सरकारले जीवन रक्षाका लागि आवश्यक काम गर्नेछ। प्रधानमन्त्रीसँग पनि यस विषयमा बसेर थप छलफल गरेर जटिल खालको शल्यक्रिया र उपचार गर्न सम्भव हुनेगरी काम गर्नेछौँ। सरकारले गर्नसक्ने जति गर्नेछ। बिरामीको उपचारमा पहिला ध्यान दिने, उनीहरूलाई निको पार्नेछौँ।’

गत कात्तिक २६ गते मोरङको उर्लाबारी– ७, बरगाछीस्थित दीपक कार्कीको घरमा आगलागी हुँदा निभाउन गएका चार प्रहरीसहित २७ जना घाइते भएका थिए। तीमध्ये २५ जनालाई नेपाली सेनाको विमानमार्फत काठमाडौँ ल्याइएको थियो।

प्रकाशित मिति: : 2023-11-17 15:30:00

प्रतिकृया दिनुहोस्