‘नयाँ भूकम्प होइन, पराकम्प हो’

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा.लोकविजय अधिकारीले सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्रविन्दु भएर आज बिहान गएको भूकम्प पुरानै भूकम्पको पराकम्प भएको बताएका छन्। 

उनले २०७२ वैशाख १२ गते गोरखामा केन्द्रविन्दु भएको गएको भूकम्पको पराकम्प भएको जानकारी दिएका हुन्। 

उनले भने,‘यो कुनै नयाँ किसिमको भूकम्प होइन्। यो २०७२ वैशाख १२ गते उत्तरी गोरखाको बारपाक केन्द्रविन्दु गरी गएको भूकम्पको परकम्प हो। 

त्यस्तै सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी किरण थापाले अहिलेसम्म कुनै जटिल किसिमको भौतिक र मानवीय क्षति नभएको जानकारी दिए। 

उनले दुगुनागडीमा सामान्य पहिरो गएको र प्रहरी चौकीको भवन पनि सामान्य चर्केको जानकारी दिए। 

साथै उनका अनुसार जिल्ला कारागारको दोस्रो तलाबाट हामफाल्ने क्रममा एक जना कैदीबन्दीको हात भाँचिएको र उनको उपचार भइरहेको छ। 

उनले भने, ‘भूकम्पको क्षति सामान्य नै छ। अहिलेको प्राप्त विवरण अनुसार त्यस्तो ठूलो भौतिक र मानविय क्षति केही भएको छैन्। दुगुनागडीमा चाँही सामान्य पहिरो गएको छ। प्रहरी चौकीको भवन पनि सामान्य चर्केको छ र कारागारको दोस्रो तलाबाट हामफाल्ने क्रममा एक कैदीबन्दीको हात भाँचिएको कारण उपचार भइरहेको छ त्यही नै हो। त्यस्तो अरु केही छैन् विवरण।’

त्यस्तै जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकका सूचना अधिकारी निराजन श्रेष्ठले पनि भूमम्पको सामान्य क्षति रहेको बताउँदै विवरण संकलन गर्ने काम जारी रहेको बताए। 

शुक्रबार बिहान राति २ बजेर ५१ मिनेट जाँदा सिन्धुपाल्चोक जिल्लाको भैरव कुण्ड केन्द्रविन्दु भएर ६.१ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको थियो।

प्रकाशित मिति: : 2025-02-28 10:13:00

प्रतिकृया दिनुहोस्