जाजरकोट भूकम्पमा घाइते भएका थप एक जनाको मृत्यु

File Photo
File Photo

जाजरकोट भूकम्पमा परेर घाइते भएका थप एक जनाको मृत्यु भएकाे छ।

मृत्यु हुनेमा रुकुम पश्चिमको चौरजहारी नगरपालिका–१ का ३२ वर्षीय निरक विष्ट छन्।

उनको उपचारका क्रममा शुक्रबार बिहान कर्णाली प्रदेश अस्पतालमा मृत्यु भएको हाे। योसँगै रुकुम पश्चिममा मात्रै भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या ५३ पुगेको छ।

यही कात्तिक १७ गते राति जाजरकोट रामीडाँडा केन्द्रविन्दु  बनाएर ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएकाे थियाे। उक्त भूकम्पमा परी हालसम्म मृत्यु हुने संख्या १५४ पुगेको छ। 

प्रकाशित मिति: : 2023-11-10 11:52:00

प्रतिकृया दिनुहोस्