भूकम्पले फेरि पश्चिम नेपाल हल्लाएको छ।
भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रवक्ता नारायण बाँस्कोटाले बिएल नेपाली सेवालाई दिएको जानकारीअनुसार आजको भूकम्प ५.८ म्याग्नेच्युडको छ।
भूकम्पको केन्द्रबिन्दु जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा नै रहेको छ। शुक्रबार राति आएको भूकम्पको केन्द्रबिन्दु पनि यही हो।
भूकम्पको धक्का जाजरकोट, सुर्खेत, रूकुम, सल्यान, दाङसँगै काठमाडौंसम्म पुगेको छ।
भूकम्पले हल्लाएपछि त्रासमा रहेको नागरिकको भागाभाग भएको छ।
भूकम्प साँझ ४ बजेर ३१ मिनेटमा हुँदा गएको मापन केन्द्रले जनाएको छ।
अपडेट