नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले भाइटीकोको उत्तत साइत सार्वजनिक गरेको छ। समितिकाअनुसार भाइटीकाको उत्तम साइत कात्तिक २९ गते बुधबार १० बजेर ५१ मिनेटमा छ।
प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहार हो। यमपञ्चकसमेत भनिने तिहारको पाँचौँ दिन भाइटी लगाइन्छ।
दिदी–बहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर तिहार मनाइन्छ।
दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ। दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको छ।