देश भूकम्पको पीडामा छ। जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रबिन्दु भएर शुक्रबार राती ११ः४७ मा ६.४ म्याग्नेच्युडको भूकम्प जाँदा जाजरकोट र रुकुम पश्चिम निकै प्रभावित बनेको छ।
यी दुई जिल्लामा भूकम्पमा परी १ सय ५७ जनाको मृत्यु भएको छ। दुई सय बढी घाइते छन्।
९१ बढी घर पूर्ण रूपमा क्षति हुँदा २ हजार बढी घरमा आंशिक क्षति भएको छ।
घरहरू भत्किँदा नागरिकहरू खाने, बस्नेको समस्यामा छन्। खुला आकाशमुनी नागरिक रात बिताउन बाध्य भएका छन्।
सरकारले भूकम्पपीडितको उद्धार, राहत वितरणका लागि सबै संयन्त्र परिचालन गरेको छ। जसमा एक सशस्त्र प्रहरी।
नेपाली सेवा, नेपाल प्रहरीसँगै अन्य सबै संयन्त्र भूकम्प प्रभावितको उद्धार, व्यवस्थापनमा खटिएका छन्।
जाजरकोटमा भूकम्प प्रभावितको उद्धार तथा व्यवस्थापनमा खटिएका सशस्त्र प्रहरीहरू—