एमालेको बागमती प्रदेश अध्यक्षमा कैलाश निर्वाचित

नेकपा एमाले बागमती प्रदेश कमिटीको अध्यक्षमा कैलाश ढुंगेल निर्वाचित भएका छन्।

शुक्रबार राति सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार ६९६ मत प्राप्त गरी ढुंगेल पहिलो अधिवेशनका निर्वाचित अध्यक्ष बनेका हुन्।

उपाध्यक्ष पदमा दावा दोर्जे लामा विजयी भएका छन्। उनी ६१५ मतका साथ विजयी हुँदा सोही पदमा प्रतिस्पर्धा गरेका ईश्वरचन्द्र पोखरेलले २२१ तथा नारायणप्रसाद खतिवडाले २०९ मत पाए का हुन्। यसैगरी राजेन्द्र राजथलाले ९० मत पाएका छन्। 

सचिवमा नवराज सिलवाल एक मतले विजयी भए। सिलवालले ५६८ मत प्राप्त गर्दा हस्त पण्डितले ५६७ मत प्राप्त गरेका छन्।

यसैगरी उपसचिव खुलातर्फ प्रेमबहादुर महर्जन ३६७ मतका साथ विजयी भएका छन्। यसैगरी सोही पदका अन्य प्रतिस्पर्धीहरु ओम राज पन्तले ११६, कृष्णहरि थापाले १०८, खड्गबहादुर खत्रीले ११६, टासी लामाले २३२, डबल पाण्डेले ९६, रमेश महर्जनले ७६, राजेन्द्य्र श्रेष्ठले ५८ मत पाएर विजयी भएका छन्।

प्रकाशित मिति: : 2023-09-30 00:02:00

प्रतिकृया दिनुहोस्