नेपाल क्रिकेट संघ (क्यान)को सचिवमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का निर्वाचित भएका छन्।
शनिबार भएको मतदानमा निर्वातमान सचिव प्रशान्त विक्रम मल्ललाई ११ मतले पराजित गर्दै पारस खड्का निर्वाचित भएका हुन्।
कुल ८५ मत खसेकोमा पारसले ४८ मत प्राप्त गरे भने प्रशान्त विक्रमले ३७ मत प्राप्त गरे।
नेपाली राष्ट्रिय टोलीमा लामो समय कप्तानी भूमिका निर्वाह गरेका पारसले क्यानको निर्वाचनकै लागि दुई वर्षअघि राष्ट्रिय टोलीबाट सन्यान्स लिएका थिए।
पारस नेपाल क्रिकेट संघ, बागमती प्रदेशका अध्यक्षसमेत हुन्।