काँग्रेसले भन्यो- शिक्षकका मागहरू ऐनमा सम्बोधन हुनेछन्

File Photo
File Photo

नेपाली काँग्रेसले शिक्षकका मागहरूलाई शिक्षा ऐन बनाउँदा सम्बोधन गर्ने प्रतिबद्धता जनाएको छ।

शुक्रबार केन्द्रीय समितिको बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले निर्णय सुनाउँदै आन्दोलनरत पक्षलाई वार्तामा बसेर समस्या समाधान गर्न पनि अपिल गरे।

पार्टी सभापति शेरबहादुर देउवाले उक्त प्रस्ताव पढेर सुनाउन महामन्त्री शर्मालाई आग्रह गरेका थिए।

‘शिक्षा ऐनलाई संशोधन गर्न ल्याइएको विधेयकमा हामीले शिक्षा क्षेत्रको सुधारका लागि धेरै कुराहरू समेटेका छौं’, उनले भने, ‘तर कतिपय सन्दर्भमा विद्यालय शिक्षा सुधारको मर्मलाई सम्बोधन गर्न सकेको छैन। शिक्षकका कतिपय जायज मागहरू पनि सम्बोधन भएको छैन।’

उनले आगामी दिनमा ऐन बनाउँदा सबै जायज मागहरू सम्बोधन गर्ने भन्दै उनले वार्ता र संवादबाट यथाशीध्र समस्या समाधान गर्न पनि अपिल गरे।

‘ऐन बनाउन यी कुराहरू समेटिनेछन्’, उनले भने, ‘अहिलेका लागि सरकार र आन्दोलनरत शिक्षकहरूलाई यथाशीघ्र वार्ता र संवादबाट समाधान गर्न पनि नेपाली काँग्रेसको यो बैठक अपिल गर्दछ।’

प्रकाशित मिति: : 2023-09-22 17:09:00

प्रतिकृया दिनुहोस्