मानवअधिकार आयोगले भन्याे- शिक्षकले विद्यार्थीको पढ्न पाउने अधिकार हनन् गरे

फाइल तस्बिर
फाइल तस्बिर

राष्ट्रिय मानवअधिकार आयोगले विद्यालय बन्द गरेर शिक्षक आन्दोलनमा होमिदा विद्यार्थीको पढ्न पाउने अधिकार हनन् भएको जनाएको छ।

संसदमा दर्ता भएको शिक्षा विधेयकमा असहमति जनाउँदै शिक्षकहरु काठमाडौँमा आन्दोलन गर्दा देशभरका सरकारी विद्यालय अनिश्चितकालका लागि बन्द भएको छ। 

विद्यालय बन्द गरेर आन्दोलनमा होमिएकोप्रति आयोगले ध्यानाकर्षण भएको जनाउँदै विद्यार्थीले पढ्न पाउने अधिकारप्रति संवेदनशील बन्न आग्रह गरेको छ।

शिक्षकको हकहितका लागि एक्यबद्धता जनाउँदै आयोगले पठनपाठन अवरुद्ध भएकोमा बालबालिकाको शान्तिपूर्ण वातावरणमा शिक्षा प्राप्त गर्ने अधिकारको उल्लंघन भएको जनाएको छ।

शिक्षकले उठाएको न्यायोचित मागलाई सम्बोधन गर्न पनि आयोगका प्रवक्ता टीकाराम पोखरेलले सरकारलाई आग्रह गरेका छन्।

प्रकाशित मिति: : 2023-09-21 18:14:00

प्रतिकृया दिनुहोस्