कर्मकाण्डी समझदारीमा डाक्टरहरूको हस्ताक्षर

BreaknLinks
BreaknLinks

सरकार र नेपाल चिकित्सक संघबीच कर्मकाण्डी ६ बुँदे सहमति भएको छ।

हेटौडामा यही भदौ २७ गते दुई जना डाक्टरमाथि भएको कुटपिटको विषयलाई लिएर चिकित्सक संघले आज आइतबारदेखि विभिन्न आन्दोलनको कार्यक्रम सुरु गरेको थियो। 

आज देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प पारेर आन्दोलन गरेको चिकित्सक संघ र सरकारबीच ६ बुँदे सहमति भएको छ। सहमतिमा आन्दोलनका कार्यक्रम फिर्ता ल्याउन, डाक्टरमाथि आक्रमण गर्नेलाई स्वास्थ्यकर्मी सुरक्षा ऐन २०७९ अनुसार कार्वाही गर्ने, स्वास्थ्यकर्मीको सुरक्षाका लागि मासिक रुपमा बैठक बस्नेलगायत सहमति भएको छ। 

यस्ता सहमति पहिला पनि भएका थिए। कोरोनाकालमा यस्तै घटनाहरू बढेपछि सरकारले ‘जेल विथ नो विल’ सिद्धान्तका आधारमा स्वास्थ्यकर्थीलाई छोयो कि फौजदारी मुद्दा चलाउनेगरी कानुन पनि बनाएको थियो। 

अहिले पनि त्यही सिद्धान्तको वरिपरी घुम्दै डाक्टरहरूका संघसंगठन र सरकारबीच ‘कर्मकाण्डी’ समझदारी भएको छ।

आज देशभर स्वास्थ्यकर्मीले आफ्नो सुरक्षाको माग गर्दै अस्पतालको काम ठप्प पार्दा हजारौँ बिरामी मारमा परे।

प्रकाशित मिति: : 2023-09-17 20:30:00

प्रतिकृया दिनुहोस्