घरमा आगलागी हुँदा आमाछोरीको मृत्यु

Symbolic photo
Symbolic photo

सल्यानमा घरमा आगलागी हुँदा आमाछोरीको मृत्यु भएको छ।

मृत्यु हुनेमा त्रिवेणी गाउँपालिका–२ धामिढुंगा निवासी ३२ वर्षीया रेवती थापा र उनकी ९ महिने छोरी ऋतु रहेकी छिन्।

उनीहरु सुतेको अवस्थामा गए राति घरमा आगलागी भएको थियो। आगलागीको कारण नखुले पनि ग्यास लिक भएर आगाे लागेकाे हुन सक्ने अनुमान रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता गोपाल श्रेष्ठले जानकारी दिए।

आमाछोरीको शव शनिबार बिहान जलेको अवस्थामा स्थानीयले फेला पारेका थिए। घटनाको विषयमा अनुसन्धान भइरहेको श्रेष्ठले बताए।

प्रकाशित मिति: : 2023-09-16 11:50:00

प्रतिकृया दिनुहोस्