काठमाडौँको तीनकुनेस्थित गैह्रीगाउँमा चार जनाको हत्यामा सलंग्न भएको आशंकामा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ।
शुक्रबार राति दिव्य स:मिलमा चार जनाको हत्या भएको थियो। त्यस संलग्न भएको आशंकागरि प्रहरीले अनुसन्धानका लागि एक जनालाई नियन्त्रणमा लिएको छ।
घटनामा प्रहरीले अनुसन्धानका लागि काठमाडौं महानगरपालिका ३२ स्थित तीनकुने बस्ने २८ वर्षीय दिपेन्द्र राईलाई नियन्त्रणमा लिइएको हो।
राईलाई कपडा र जुत्तामा रगत लागेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो। उनले मदिरा सेवन गरेको पाइएको छ।
तिनकुनेको दिव्य सस्मिल भित्र काठले बनेको एक तले जस्ताको टहरोमा धारिलो हतियार प्रहार भएको अवस्थामा चार जनाको शव फेला परेको थियो। घटना राति १२ बजेतिरको भएको अनुमान गरिएको छ।
दोलखा घर भई हाल सोही काष्ठ मिलमा गेटपालेको काम गर्ने ५६ वर्षीय कुमार भुजेल, श्रीमती ५२ वर्षीय अम्बिका भुजेल, आमा ७६ वर्षीया शुभद्रा भुजेल र मोरङ घर भएका १९ वर्षीय नविन राईको हत्या भएको थियो।
उक्त दिव्य सःमिल दोलखा, कालिञ्चोक गाउँपालिका८ घर भई गौशाला बस्ने, बालकृष्ण शिवाकोटीले सञ्चालन गरेका थिए। उनीहरु सोही मिलमा काम गर्थे।
घटनाको मुचुल्का लगायतको कार्य सम्पन्न गरी शवलाई पोष्टमार्टमको लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको छ। घटनाको सम्बन्धमा प्रहरीद्वारा अनुसन्धानका विविध विधि र प्रविधि प्रयोग गरी सुक्ष्म अनुसन्धान कार्य जारी रहेको उनले बताए।