जनमतकी अनिता मन्त्री बन्दै, हट्दैछन् 'मोदी–किराती' ?

गतिलो मन्त्रालय नपाएपछि रिसाउँदै सिंहदरबारबाट निस्किएको जनमत पार्टी अन्ततः ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागी हुने भएको छ। 

प्रधानमन्त्री प्रचण्डको लामो प्रयासपछि जनमत पार्टीले रोजेकै मन्त्रालय पाउने पक्कापक्की भएको त्यो पार्टीका एकजना सांसद्ले बताएका छन्।

स्रोतकाअनुसार जनमतले प्रतिनिधिसभा सदस्य अनिता देवीलाई आजै मन्त्रिपरिषद् हेरफेर गरेर मन्त्री बनाइँदैछ।

यसअघि जनमतले प्रचण्ड नेतृत्वको सरकारमा अब्दुल खानलाई मन्त्री बनाएर पठाएको थियो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय दाबी गरेको जनमतलाई खानेपानी मन्त्रालय जिम्मा लगाएपछि उक्त पार्टी असन्तुष्ट बनेको थियो।

स्रोतका अनुसार माओवादीबाट मन्त्री बनेका सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी वा पर्यटनमन्त्री सुदन किराती मध्ये एकजना जिम्मेवारीबाट हट्दैछन्।

प्रकाशित मिति: : 2023-08-13 07:28:00

प्रतिकृया दिनुहोस्