जसपाले भन्यो- षड्यन्त्र गरेर बस्नै नदिए सरकार र गठबन्धन छोड्छौं

जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारमा रहने वा नरहने कुरा सरकारका आगामी कदमहरूमा भर पर्ने बताएको छ।

गौर हत्याकाण्डको फाइल खोल्ने र त्यसको अनुसन्धान गर्नेगरी सरकारले त्यहाँका पीडितहरूसँग सहमति गरेपछि आत्तिएको जसपाले सरकारका आगामी कदम हेरेर गठबन्धन र सरकारबारे निर्णय लिने बताएको छ।

शुक्रबार पत्रकार सम्मेलन गर्दै पार्टी प्रवक्ता मनिष सुमनले भने ‘अहिले हामी हट्दैनौं तर हामीविरूद्ध षड्यन्त्र गरेर छोडेर जा भने हामी जान्छौं।’

जसपाले उक्त घटनालाई छानबिन गर्नका लागि उच्चस्तरीय छानबिन समिति बनाउन पनि माग गरेको छ। ‘सर्वपक्षीय उच्चस्तरीय छानबिन समिति गठन गरी उक्त समितिमार्फत सत्यतथ्य पत्ता लगाई समाधान गरियोस्’, प्रवक्ता सुमनले निकालेको विज्ञप्तिमा भनिएको छ, ‘दोषी उम्काउने र घटनाका सम्बन्धमा संलग्न नै नरहेका निर्दोष व्यक्तहरूलाई बदनियतपूर्ण ढंगले जबर्जस्ती फसाउने कार्य सरकारले बन्द गरोस्।’

प्रकाशित मिति: : 2023-08-11 15:38:00

प्रतिकृया दिनुहोस्