संसदकाे गतिरोध हटाउन सभामुख र राष्ट्रियसभा अध्यक्षले मागे राष्ट्रपतिको सहयोग

संसदकाे जारी गतिरोध हटाउनका लागि सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति रामचन्द्र पौडेलसँग छलफल गरेका छन्।

शुक्रबार बिहान राष्ट्रपति कार्यालय शीतल निवास पुगेर उनीहरुले संसदको अवरोध खुलाउने विषयमा राष्ट्रपतिसँग छलफल गरेका हुन्। भेटमा उनीहरूले संसदकाे जारी अवरोधबारे आधा घण्टा राष्ट्रपतिसँग छलफल गरेका हुन्।

साेही क्रममा सभामुख र राष्ट्रियसभा अध्यक्षले संसदको अवरोध खुलाउन राष्ट्रपतिकाे सहयोग मागेकाे सभामुख घिमिरेका प्रेस सल्लाहार शेखर अधिकारीले जानकारी दिए।

प्रकाशित मिति: : 2023-08-11 11:56:00

प्रतिकृया दिनुहोस्