नेकपा (माओवादी केन्द्र)का पदाधिकारीहरुको जिम्मेवारी हेरफेर गरिएको छ।
केन्द्रीय समिति बैठक बस्नुअघि आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकमार्फत् अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदाधिकारीहरुको जिम्मेवारी हेरफेर गरेका हुन्।
जसअनुसार बागमती प्रदेशको इन्चार्जमा उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ तोकिएका छन्।
अर्का उपमहासचिव वर्षमान पुन ‘अनन्त’लाई विशेष प्रदेशको जिम्मेवारी दिएको छ।
यस्तै सचिव देवेन्द्र पौडेल मधेश प्रदेशका इन्चार्ज भएका छन्। सुदूरपश्चिममा डिलाराम आचार्य, लुम्बिनीमा मातृका यादव, कोशीमा लिलामणि पोखरेल र कर्णाली प्रदेशमा चन्द्रप्रकाश खनाल तोकिएका छन्।