नवौं फिफा महिला विश्वकप : जर्मनी र दक्षिण कोरिया बाहिरिए, कोलम्बिया र मोरोक्को अन्तिम १६ मा

अस्ट्रेलिया र न्युजिल्याण्डमा जारी नवौं फिफा महिला विश्वकपको समूह चरणका अन्तिम दुई खेल भर्खरै सकिएका छन् ।

अस्ट्र्लियाको ब्रिसबनमा खेलिएको खेलमा जर्मनी र दक्षिण कोरियाले १-१ को बराबरी खेले । खेल सुरू भएको ६ मिनेटमै दक्षिण कोरियाकी चोले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाइन् । यो अग्रता ४१ मिनेटसम्म कायमै रह्यो । ४२औं मिनेटमा जर्मनीकी पोपले गोल गर्दै खेललाई बराबरीमा ल्याइन् । त्यसपछिको पूरै खेल अवधिभर दुबै टीमबाट गोल हुन सकेन र खेल बराबरीमा सकियो । यो बराबरीसँगै दुईपटकको विश्वविजेता जर्मनी समूह चरणबाटै बाहिरियो । 

अस्ट्रेलिया र न्युजिल्याण्डमा जारी नवौं फिफा महिला विश्वकपमा जर्मनी रदक्षिण कोरिया १-१ को बराबरी खेलेर समूह चरणबाटै बाहिरिएका छन् भने मोरोक्कोसँग १-० ले पराजित भए पनि यी दुबै टीम अन्तिम १६ मा पुगेका छन् ।

यसैगरी अस्ट्रेलियाको पर्थमा खेलिएको अर्को खेलमा मोरोक्कोले कोलम्बियालाई १-०ले पराजित गर्यो । खेल अवधिभर भएको एक मात्र गोल पहिलो हाफको अतिरिक्त समयको ४९औं मिनेटमा मोरोक्कोकी लहमरीले गरेकी थिइन् । उनको यही गोलले मोरक्कोलाई अन्तिम १६ मा पुर्यायो । 

यो नतिजासँगै समूह 'एच'बाट कोलम्बिया र मोरोक्को अन्तिम १६ मा पुगे भने जर्मनी र दक्षिण कोरिया समूह चरणबाटै घर फर्के । 

नवौ फिफा महिला विश्वकपबाट अर्जेन्टिना, ब्राजिल, क्यानाडा, इटाली, चीनजस्ता शक्तिशाली टिमहरू यसअघि नै समूह चरणबाटै बाहिरिइ सकेका छन् । जर्मनी  त्यही श्रृङ्खलाको अन्तिम पात्र बन्यो ।

प्रकाशित मिति: : 2023-08-03 18:10:00

प्रतिकृया दिनुहोस्