सुन प्रकरणमा मेरो संलग्नता छैन, भ्रममा नपरौँ त्यो मेरो नम्बर होइन– महरा

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवम् प्रवक्ता कृष्णबहादुर महराले सुन प्रकरण आफ्नो संलग्नता नरहेको दाबी गरेका छन्। महाराले सुन प्रकरणमा आफ्नो संलग्नता नरहेको र प्रहरी अनुसन्धानमा उल्लेख गरिएको फोन नम्बर आफ्नो नभएको दाबी गरेका छन्।

‘फेरि पनि थप स्पष्ट गर्न चाहन्छु कि यस कार्यमा आफ्नो कुनै पनि संलग्नता नरहेको स्पष्ट पार्न चाहन्छु,’ महराले भने, ‘जहाँसम्म मैले फोन गरेको भनी मेरो नाम र उल्लेख गरिएको फोन नम्बर मेरो नभएको र मैले प्रयोग नगरेको पनि थप प्रष्ट पार्न चाहन्छु।’

महराले उक्त सुन प्रकरणको छानबिनमा आवश्यक परे सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

चिनियाँ नागरिकले दुबईबाट तस्करी गरी ल्याएको ९ किलो ११.५२४ ग्राम सुन त्रिभुवन विमानस्थलबाट छुटाउन महराले फोनमार्फत दबाब दिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी)को अनुसन्धान प्रतिवेदनमा उल्लेख छ।

यस प्रकरणमा महरा र उनको छोरा राहुल महराको नाम जोडिएको छ।

यद्यपि, प्रहरीले उनीहरुलाई छानबिनको दायरामा ल्याएको छैन।

यस्तो छ उनको भनाइ :

केही दिनयता संचार माध्यमबाट सुन प्रकरण मा मेरो नाम जोडिएर आइरहेको विषय यसअघि नै प्रष्ट पारिसकेको जानकारी गराउन चाहन्छु।

फेरि पनि थप स्पष्ट गर्न चाहन्छु कि यस कार्यमा आफ्नो कुनै पनि संलग्नता नरहेको स्पष्ट पार्न चाहन्छु। जहाँसम्म मैले फोन गरेको भनी मेरो नाम र उल्लेख गरिएको फोन नम्बर मेरो नभएको र मैले प्रयोग नगरेको पनि थप प्रष्ट पार्न चाहन्छु साथै आवश्यक परे निष्पक्ष छानबिनमा मा सहयोग गर्ने प्रतिबद्धता जनाउँछु।

अनावश्यक भ्रममा नपर्न सबैमा हार्दिक आग्रह गर्दछु।

प्रकाशित मिति: : 2023-08-03 09:53:00

प्रतिकृया दिनुहोस्