फिफा महिला विश्वकप : चीनको लज्जास्पद हार, इङ्ल्याण्ड र डेनमार्क अन्तिम १६मा

एसियाली महिला फुटबलको पावर हाउस चीन नवौं फिफा महिला विश्वकपको पहिलो चरणबाटै बाहिरिएको छ । मंगलबार अस्ट्रेलियाको एडिलेडमा इङ्ल्याण्डसँग भएको समूह चरणको अन्तिम खेलमा ६-१ को लज्जास्पद पराजय भोगेपछि  उसको अघिल्लो यात्रामा टुंगिएको हो । सन् १९९९ को उपविजेता र सन् १९९५ को चौथो स्थान प्राप्त चीनको पहिलो चरणबाटै घर फर्कनु परेको यो पहिलो पटक हो । 

इङ्ल्याण्डसँगको एकतर्फि खेलमा चीनले गोलको खाता पनि पेनल्टीबाट खोल्नु परेको थियो । इङ्ल्याण्डकी जेम्स चम्केको खेलमा उनी एक्दैले दुई गोल गर्नुका साथे तीन गोलका लागि बल पास दिएकी थिइन् । हाफ टाइमअघि नै तीन गोल गरेको इङ्ल्याण्डले हाफ टाइम पछि समान तीन गोल नै गर्यो ।  

चीनले यसपटक गतिलो खेल प्रस्तुत गर्न सकेन । समूहको सबैभन्दा कमजोर टीम हाइटीलाई जितेर ३ अंक बटुलेको चीन इङ्ल्याण्ड र डेनमार्क दुबैसँग पराजित भयो ।  

इङ्ल्याण्ड समूह चरणका सबै तीन खेल जितेर नौ अंकका साथ समूह डीको विजेताका रूपमा अन्तिम १६ मा पुगेको छ ।

यसैगरी समूह डीको आफ्नो अन्तिम खेलमा हाइटीलाई २-० ले पराजित गर्दै डेनमार्कले उपविजेताका रूपमा अन्तिम १६ मा आफ्नो स्थान सुरक्षित गरेको छ । चीनको हारले डेनमार्कलाई अन्तिम १६ मा पुग्न सहज भयो । 

 

 

प्रकाशित मिति: : 2023-08-01 18:56:00

प्रतिकृया दिनुहोस्