मधेश प्रदेशका २ मन्त्रीले राजीनामा दिएका छन्।
प्रदेश सरकारमा सहभागी विना विभागीय मन्त्री वसन्त कुशवाहा र राज्यमन्त्री सञ्जयकुमार यादवले साेमबार राजीनामा दिएका हुन्।
मन्त्रालय खोसेर विना विभागीय मन्त्री बनाइएका जनमतका कुशवाहा र राज्यमन्त्री यादवले पार्टीले फिर्ता बोलाएपछि राजीनामा दिएका हुन्।
अब नयाँ मन्त्रीमा चन्दन सिंह र राज्यमन्त्रीका लागि रञ्जु खंगलाई पठाउने जनमतकाे तयारी छ।