आफ्नै घरमा मृत फेला परेका कलाकार सारुक ताम्राकारको मोबाइलमा ‘सुसाइड नोट’ फेला परेको छ। प्रहरी प्रधान कार्यालयले गरेकाे फरेन्सिक परीक्षणमा सारुकको मोबाइलमा ‘सुसाइड नोट’ भेटिएको हो।
काठमाडौँ प्रहरीले जनाएअनुसार सारुकले ‘सुसाइड नोट’मा ‘कसैले दोष नदिनु’ बताएका छन्। उनले सबै घटना आफ्नै कारण भएको उल्लेख गरेका छन्।
‘इट्स अल माई फल्ट, कसैलाई ब्लेम नगर्नु। यो सबै यहीँ इन्ड हुनु थियो। लेट मि रेष्ट इन पिस, धन्यवाद,’ सारुकलाई उद्दृत गर्दै प्रहरी स्रोतले भन्यो।
सारुक गत असार २१ गते रातोपुलस्थित घरमा मृत भेटिएका थिए।