नेपालमा टिकटक आधिकारिक रुपमा दर्ता

सामाजिक सञ्जाल प्लेटफर्म टिकटक नेपालमा पहिलो पटक आधिकारिक रूपमा दर्ता भएको छ।

सरकारले राखेका सबै शर्तअनुसार प्रक्रिया पूरा गरेर निवेदन दर्ता गरेपछि टिकटक नेपालमा आधिकारिक रूपमा दर्ता भएको हो।

सामाजिक सञ्जाल व्यवस्थित गर्ने निर्देशिकाबमोजिम टिकटक दर्ता भएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरले जानकारी दिए।

यसअघि २०८० कात्तिक २७ मा सरकारले सामाजिक सद्भाव खलबल्याएको भन्दै नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको थियो। त्यसपछि गत भदौ ६ गते वर्तमान सरकारले शर्तसहित टिकटकमाथिकाे प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेकाे थियो। लगत्तै टिकटकमाथिकाे प्रतिबन्ध हटेकाे थियाे।

प्रकाशित मिति: : 2024-11-06 13:53:00

प्रतिकृया दिनुहोस्