ललितपुरमा तेस्रो महिला उद्यमी सम्मेलन सुरु

ललितपुर महानगरपालिकाको आयोजनामा तेस्रो महिला उद्यमी सम्मेलन सुरु भएको छ। ललितपुरको कुपण्डोलमा महानगर प्रमुख चिरिबाबु मर्हजनले सोमबार सम्मेलनकाे उद्घाटन गरेका छन्।

उद्घाटनका क्रममा महिला उद्यमीहरुले आफ्नो उत्पादन प्रदर्शनी गरेका थिए।

उद्घाटन कार्यक्रममा बोल्दै महानगर प्रमुख महर्जनले उत्पादनलाई जोड दिए पुँजीको समस्या नहुने बताएका थिए। उनले कुनै वस्तु उत्पादन गरे बजारको व्यवस्थापनको जिम्मा लिने समेत बताए।

‘तपाईंहरुले उत्पादन गरेको वस्तुले बजार नपाए जिम्मा हामी लिन्छौँ, जति सक्नुहुन्छ उत्पादनमा लाग्नुस्। उत्पादनमा जोड दिए मात्र पुँजीमा समस्या हुँदैन। कुनै चार्ज नलिएर बजार मिलाउने पहल मेरो भयो,’ उनले भने,‘देश विकास गर्ने भनेको उद्यमीहरुले हो। हरपल महानगर उत्पादनको पोत्साहनमा हुनेछ।’

त्यस्तै, उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले देशलाई दुघटनाबाट बचाउन महिला उद्यमीले मा सक्ने बताएन्। उनले महिला शिक्षित भए समाज बन्ने र रोजगारको वातावरण सिर्जना दाबी गरिन्।

‘देश दुर्घटनाबाट रोक्न महिला उद्यमीले मात्र सक्छ। उत्पादनमा जोड दिए रोजगारको कुनै समस्या हुँदैन, अझ महिला शिक्षित आत्मनिर्भर भए समाज बन्ने भएकाले उत्पादन निकै आवश्यक छ’, उनले भनिन्।

उपप्रमुख बज्राचार्यले सम्मेलनले महिला उद्यमीको सम्भावना र समस्या दुवैको खोजी गर्नुपर्ने बताउँदै महानगरले यस सन्दर्भमा महत्वपूर्ण निर्णय गर्ने प्रतिवद्धता व्यक्त गरिन्।

महानगरलाई समृद्ध बनाउनका लागि अर्थतन्त्र महत्वपूर्ण आधार भएको बताउँदै सीप र उद्यमले नगरलाई समृद्ध बनाउने दाबी उनको थियो।

सम्मेलनमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव, राजदूत र विभिन्न क्षेत्रका प्रतिनिधिहरुसहित महिला उद्यमीहरुको सहभागिता थियो।

प्रकाशित मिति: : 2023-07-24 14:31:00

प्रतिकृया दिनुहोस्