नाबालिकालाई क्लब प्रवेश गराएको आरोपमा पक्राउ परेका एलओडी क्लबका दुवै सञ्चालक थुनामुक्त भएका छन्।
जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले मुद्दा चलाउनु नपर्ने राय दिएपछि एलओडीका सञ्चालक राजुसिंह सुवाल र रुदिलबल्लव श्रेष्ठलाई छाडिएको हो।
जिल्ला प्रहरी परिसर, ललितपुरले ३० जेठमा एलओडी क्लबबाट १५ वर्षीया किशोरीलाई ललितपुर लगेर बलात्कार गरेको अभियोगमा पोखरा घर भइ ललितपुरको बागडोल बस्ने ५० वर्षीय सुदनबहादुर कोइराला पक्राउ गरेको थियो।
अनुसन्धानका क्रममा नाबालिगलाई क्लब छिर्न दिएको पाइएपछि जिल्ला प्रहरी परिसर, ललितपुरले दुवै सञ्चालकलाई बालबालिकासम्बन्धी ऐन–२०७५, दफा ६६ को उपदफा २ को (क) र ख) बमोजिम पक्राउ पूर्जी लिएको थियो।