चार प्रदेशमा वर्षा, यस्तो छ दिनभरको मौसम

हाल देशभर पश्चिमी वायुका साथै पश्चिमी न्युन चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

जसका कारण हाल देशका पहाडी भूभागमा साधारणतया मौसम बदली रही बाँकी भागमा मौसम सफा रहेको छ। सुदूरपश्चिम, कर्णाली, गण्डकी र बागमती प्रदेशका केही स्थानमा चट्याङसहित वर्षा भइरहेको छ भने तराइका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ।

महाशाखाका अनुसार आज दिउँसो पनि देशभर मौसम सामान्य बदली रहने छ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत देशका पहाडी भूभागका प्राय स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हिमपातको सम्भावना पनि छ।

आज राति देशका पहाडी भूभागमा बदली रही बाँकी भागमा मौसम सफा रहनेछ। देशका पहाडी भूभागका केही स्थानमा भने वर्षाको सम्भावना छ भने देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हिमपातको सम्भावना छ।

प्रकाशित मिति: : 2025-03-01 12:19:00

प्रतिकृया दिनुहोस्