‘सामाजिक न्याय’का लागि काम गर्ने भनेर दर्ता भएको गैरसरकारी संस्था ‘समता फाउण्डेसन’ले बिएल नेपाली सेवामा प्रकाशित समाचार सामाग्री हटाउन भन्दै धम्कीपूर्ण पत्र लेखेको छ।
फाउण्डेसनमा आन्तरिक विवाद बढ्दै गएपछि त्यहाँ भएका बेथितिहरूबारे बिएल नेपाली सेवाले श्रृङ्खलाबद्ध समाचार सामग्रीहरू प्रकाशित गरेको थियो।
बिएल नेपाली सेवाले लगातार समता फाउन्डेसनका पूर्वअध्यक्षविरुद्ध अदालतमा उजुरी दर्ता, समता फाउण्डेसनभित्र असमानताको पराकाष्ठ, समता फाउण्डेसन: उच्चको आदेशमा सर्वोच्चले दिएन निरन्तरता र पोल खुल्ने डरले कर्मचारी निकाल्दै समता फाउण्डेसन लगायत शीर्षकमा समाचारहरू प्रकाशित गरेको थियो।
‘यस ब्रेकएनलिंक्स अनलाइन पत्रिकाबाट जुन २०, २६, २७ जुन र १० जुलाईमा प्रकाशित समाचाहरुप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ’, फाउण्डेसनले समाचारहरू कपोकल्पित र भ्रमपूर्ण रहेको दाबी गर्दै भनेको छ, ‘सामाजिक न्यायमाथि क्रियाशील भइरहेको संस्था एवं व्यक्तिमाथि एकपक्षीय आधारहीन आक्षेप लगाई तपाईंको अनलाइन पत्रिकामा प्रकाशित भएका समाचारहरुप्रति सार्वजनिक रुपमा क्षमायाचनासहित यथासीध्र हटाई सहयोग गरिदिनुहुन अनुरोध गरिन्छ। अन्यथा हामी सम्बन्धित निकाय एंव कानुनी प्रक्रियामा जान बाध्य हुने जानकारी गराउँदछौं।’
समता फाउण्डेसनसँग सम्बन्धित बिएल नेपाली सेवामा प्रकाशित सामाग्रीहरू—
समता फाउन्डेसनका पूर्वअध्यक्षविरुद्ध अदालतमा उजुरी दर्ता
समता फाउण्डेसनभित्र असमानताको पराकाष्ठ
समता फाउण्डेसन: उच्चको आदेशमा सर्वोच्चले दिएन निरन्तरता
पोल खुल्ने डरले कर्मचारी निकाल्दै समता फाउण्डेसन
पत्र ः