बिएल संवाददाता
सामाजिक न्यायको क्षेत्रमा काम गर्दै आएको समता फाउण्डेसनका पूर्व अध्यक्ष प्रदीप परियारविरुद्ध ललितपुर जिल्ला अदालतमा उजुरी परेको छ। परियारविरुद्ध सोही संस्थाकी सञ्चालक समिति सदस्य डा.सुमित्रा मानन्धर गुरुङले उजुरी दायर गरेकी हुन्।
प्रदीपले समता फाउण्डेसनका सदस्यहरुको हस्ताक्षर किर्ते तथा जालसाजी गरेको आरोप आरोप छ।
प्रदीपले संस्थाको नियमविपरीत साधारणसभा गरी आफू अनुकुलका व्यक्तिलाई साधारण सदस्यमा मनोमानी गरेको, संस्थागत कार्यबाट आर्थिक लाभ लिन संस्थाका सदस्यहरुको हस्ताक्षर किर्ते गरेको, रकम हिनामिना गरेको र क्षेत्राधिकार बाहिर गएर काम गरेको उजुरीमा उल्लेख छ।
समता फाउण्डेसन दलितको लागि काम गर्ने संस्था भए पनि प्रदीप परियार र राजकुमार त्रिखत्री मिलेर संस्थाको नियम तथा विधि/विधानविपरीत कार्य गरेकोले उजुरी दायर गरेको मानन्धरले बताएकी छन्। ‘खासमा यो संस्था त दलितको हक हितको लागि काम गर्न बनाइएको हो नि तर उहाँहरुले आफ्नो जिम्मेवारी बाहिर गएर काम गर्न थाल्नु भयो,’ मानन्धरल बिएल नेपाली सेवासँग भनिन्।
प्रदीपले संस्थामा कहिले पनि नदेखिएका मान्छेहरु ल्याएर साधारण सदस्यमा राखेको तथा आफू मानार्थ सदस्य हुँदाहुँदै नियमविपरीत कार्य गरेको आरोप छ।
उजुरी परेपछि प्रदीपलाई अदालतमा उपस्थित हुन भनिएको ललितपुर जिल्ला अदालतले जनाएको छ। ‘उहाँलाई अदालतमा उस्थित हुन भनिएको छ। २१ दिनको म्याद हुन्छ, सायद उहाँ उपस्थित हुनुहुन्छ होला, त्यसपछि बाँकी कुरा आउँछ,’ ललितपुर जिल्ला अदालतका स्रेस्तेदार विष्णुप्रसाद पाण्डेयले भने।
प्रदीपले भने आफूमाथि लागेका सबै आराेपहरु झुट्टा भएकाे दाबी गरेका छन्। उनले भने,‘याे सबै झुट हाे, उहाँहरुले अध्यक्ष पद खाेज्नु भएकाे थियाे नपाएपछि यस्ताे गर्नु भएाकाे हाे।’
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया