गत बिहिबार सुर्खेतको गुर्भाकोट नगरपालिका-१० स्थित भेरी नदीमा बेपत्ता भएका प्रेमबहादुर रानाको शव भेटिएको छ।
रानाको शव शनिबार दिउँसो स्थानीयवासी र सशस्त्र प्रहरीको टोलीले फेला पारेको सशस्त्रका प्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए। बिहीबार बेपत्ता भउको ठाउँबाट नजिकै रानाको शव भेटिएको थियो।
४४ वर्षीय रानाको खोजीका लागि सशस्त्र प्रहरी बल नेपाल नं. ६ महेश्वेरी बाहिनी मुख्यालय सुर्खेतबाट सशस्त्र प्रहरी सहायक निरीक्षक अमर बस्नेतको कमाण्डमा ४ जना गोताखोर र सुरक्षा बेस घुमखरेबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा १३ जनाको टोली खटिएको थियो।