प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको निधन भएको माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले पुष्टि गरेका छन्।
बुधबार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा उनको निधन भएको अधिकारीहरूले जनाएका छन्।
लामो समयदेखि पार्किन्सन रोगबाट पीडित ६९ वर्षीया दाहालको बुधबार बिहान साढे ८ बजे निधन भएको अस्पतालले विज्ञप्तिमार्फत् जानकारी दिएको छ।
प्रधानमन्त्री ‘प्रचण्ड’लाई समवेदना दिन विभिन्न दलका शीर्ष नेताहरू नर्भिक अस्पताल पुगेका छन्।
दाहालको आजै अन्त्येष्टि गरिने भएको छ। उनको पार्थिव शरीरलाई श्रद्धाञ्जली दिनको लागि पार्टी कार्यालय पेरिसडाँडामा राखिँदैछ।
दिउँसो २ बजे उनको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदैछ।