एमालेको अवरोधका कारण प्रतिनिधिसभाको बैठक भोलिसम्मका लागि स्थगित

प्रमुख प्रतिपक्षी नेकपा (एमाले) को अवरोधका कारण प्रतिनिधिसभाको बैठक भोलिसम्मका लागि स्थगित भएको छ।

बुधबार दिउँसाे बैठक प्रारम्भ हुनेबित्तिकै एमाले सांसदहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘आफूलाई प्रधानमन्त्री बनाउन व्यवसायी प्रितम सिंह दिल्ली धाएको’ भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाउँदै बैठक अवरोध गरेका थिए।

एमाले सांसदको अवरोधपछि बैठक आधा घण्टाका लागि स्थगित भएको थियो। तोकिएको समयमा बैठक बस्न नसकेपछि बिहीबार दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएकाे हाे। 

प्रकाशित मिति: : 2023-07-05 18:36:00

प्रतिकृया दिनुहोस्