बालेनले निर्देशन दिएकाे आधा घण्टा नबित्दै हटाउन थालियाे ललिता निवासकाे जग्गामा बनेका संरचना

काठमाडौँ महानगरपालिकाको निर्देशनपछि बालुवाटारस्थित ललिता निवासमा निर्माण गरिएका अवैध संरचना तथा थुपारिएका संरचनाहरु हटाउन सुरु भएको छ।

सरकारी जग्गामा निर्माण भएका संरचना तथा अवैध सामानहरु हटाउन केहीबेर अगाडि मात्रै महानगरपालिकाले निर्देशन दिएको थियो।

अहिले यहाँ राखिएका सामानहरु हटाउन थालिएको छ। अहिले यहाँ राखिएका निर्माण सामाग्रीहरु कसका हुन् ? भन्ने खुलेको छैन तर केही मजदुरहरु आएर यहाँका सामानहरु हटाउन सुरु गरेका छन्।

बिएल नेपाली सेवाले ती मजदुरहरुलाई यी सामान कसका हुन् ? कसले हटाउन लगायो ? भनेर प्रश्न गरेको थियो तर कुनै पनि कर्मचारीहरु बोल्न चाहेनन्।

प्रकाशित मिति: : 2023-07-02 16:00:00

प्रतिकृया दिनुहोस्