ललिता निवास प्रकरण: तीन जना रिहा

ललिता निवास प्रकरणमा पक्राउ परेका सात जनामध्ये तीन जना थुनामुक्त भएका छन्।

मंगलबार केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेका सुरेन्द्रमान कपाली, मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा र हुपेन्द्रमणि केसीलाई प्रहरीले कागज गराएर रिहा गरेको छ।

रिहा भएका उनीहरूलाई हिरासतबाहिरै राखेर अनुसन्धान गरिने सीआईबीका एसपी नवराज अधिकारीले बताए। 

उक्त प्रकरणमा यसअघि भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई पक्राउ गरेको छ। 

प्रहरीले यो प्रकरणमा विशेष अपरेसन चलाइरहेको जनाएको छ। ललिता निवास प्रकरणमा यसअघि तीन सय जनालाई प्रतिवादी बनाएर प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो। तर सरकारी वकिलको कार्यालयले थप अनुसन्धान गर्नुपर्ने जनाउँदै फाइल फिर्ता पठाएको थियो।

उक्त घटनाको सन्दर्भमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छुट्टै अनुसन्धान गरेर विशेष अदालतमा दर्ता गरेको मुद्दा अहिले पनि विचाराधीन छ।

ललिता निवास प्रकरणमा थप ४ आरोपी पक्राउ

प्रकाशित मिति: : 2023-06-27 20:25:00

प्रतिकृया दिनुहोस्