न्यायाधीशलाई ‘फटाहा र कलंक’ भनेपछि कोशीका मन्त्रीविरुद्ध अदालतमा अवहेलना मुद्दा

File Photo
File Photo

कोशी प्रदेश सरकारका सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारीविरुद्ध मुद्दा दायर भएको छ।

मन्त्री राजभण्डारीले शिक्षादिप कलेजले आइतबार आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै न्यायधीशले पैसा खाएर स्टेअर्डर दिएको भन्ने विवादित अभिव्यक्ति दिएका थिए। सोही अभिव्यक्तिका कारण उनीविरुद्ध मंगलबार अदालतको अपहेलना मुद्दा दायर भएको हो।

मन्त्री राजभण्डारीले कार्यक्रममा दिएको अभिव्यक्तिले अदालतको अपहेलना भएको भन्दै अभिवक्ता उद्धबचन्द्र घिमिरेले अपहेलना मुद्दा दायर गरेका हुन्। कार्यक्रमका बोल्ने क्रममा मन्त्री राजभण्डारीलेले न्यायाधीशलाई फटाहा र कलंकको संज्ञा समेत समेत दिएका थिए।

मन्त्रीले राजभण्डारीले दिएको अभिव्यक्ति नेपालको संविधानको धारा १३६ न्याय प्रशासन २०७३ को दफा १७ बमोजिम अदालतको अपहेलनाको बनेको जाहेरीमा उल्लेख छ।

निवेदनमा मन्त्री राजभण्डारीलाई अदालतको अपहेलनामा १ वर्ष कैद र १ लाख रुपैयाँ जरीवाना गर्न माग गरिएको छ। कोशी प्रदेश सरकारको गत जेठ ३ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंसराज वाग्लेलाई बर्खास्त गर्ने निणर्य गरेको थियो।

उक्त निणर्यविरुद्ध वाग्लेले उच्च अदालत विराटनगरमा रिट दायर गरेका थिए। उच्च अदालतका न्यायाधीश कृष्णकमल अधिकारीको इजलासले प्रदेश सरकारको उक्त निर्णय कार्यान्वयन नगर्न जेठ ५ गते अन्तरिम आदेश दिएको थियो।

पुनः उच्च अदालत विराटनगरका न्यायाधीशद्वय कृष्णकमल अधिकारी र राजनप्रसाद भट्टराईको इजलासले जेठ ५ को अन्तरिम आदेशलाई निरन्तरता दिएको थियो। सोही आदेशविरुद्ध मन्त्री राजभण्डारीले आक्रोश व्यक्त गरेका थिए।

प्रकाशित मिति: : 2023-06-27 17:00:00

प्रतिकृया दिनुहोस्