बालेन–हर्कलाई पार्टीमा स्वागत गर्न आतुर छौँ: रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन) र धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङलाई पार्टीमा स्वागत गर्न आतुर रहेको बताएका छन्।

पार्टीको प्रथम वार्षिकोत्सवको अवसरमा बालाजुमा केन्द्रीय कार्यालय घण्टीघर स्थापना गर्दै सभापति लामिछानेले दुई स्वतन्त्र मेयरलाई स्वागत गर्न आतुर रहेको बताएका हुन्।

चुनाव लड्दादेखि नै दुई मेयरलाई समेटेर लग्न आफूहरु सकारात्मक रहेको लामिछानेको भनाइ छ। उनले भने, ‘हर्क बालेनलाई समेटेर लाने सके निकै राम्रो हुन्थ्यो भन्ने हाम्रो चाहाना छ। हामी उहाँहरुलाई स्वागत गर्न सकारात्मक छाैँ, आतुर पनि छौँ।’

यस्तै लामिछानेले ग्रेटर नेपालको विषय सरकारको कूटनीतिक विषय भएको भन्दै मिलाएर जानुपर्ने बताए। उनले जनताको अपेक्षा मर्न नदिने बताउँदै हरेक नागरिककोमा पानी पुगोस् भन्नेमा आफूहरु रहेको बताए।

प्रकाशित मिति: : 2023-06-22 12:50:00

प्रतिकृया दिनुहोस्