दलहरूको मोर्चा नयाँ होइन: रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दलहरूको मोर्चा नयाँ नभएकाे बताएका छन्।

रास्वपाकाे प्रथम वार्षिक उत्सव कार्यक्रमलाई सम्बाेधन गर्दै सभापति लामिछानेले आफूहरूले देखेकै मान्छेको मोर्चा भएकाे बताए।

‘दलहरूले गठबन्धन गरेर चुनावमा पनि गएका हुन्। दलहरूको मोर्चा नयाँ होइन, हामीले देखेकै मान्छेको मोर्चा हो’, उनले भने, ‘अन्य दलको कदममा प्रतिक्रिया दिँदैनाैँ। आम नागरिकमा जान्छौँ।’

उनले आम नागरिकलाई शिरमा राखेर काम गरेकाे बताए। राजनीति केही बुझ्नुपर्ने भन्दै उनले भने, ‘संसदमा सक्रिय सहभागिता अध्ययनअनुसार वादविवादमा मात्र छैन, आम जनताले नै बुझेका छन्। आम नागरिकलाई सिरमा राखेर काम गरेका छाैँ। नागरिक समाज सबैले बुझेका छन्। हामीले राजनीति केही बुझ्नुपर्ने छ। परिपक्व रूपमा जान्छौँ, हामी संसदमा जिम्मेवारी रूपमा जान्छौँ।’

जनताले आफूहरूलाई खोजेकाे भन्दै आफ्नाे पार्टीलाई आशा र भरोसाको रूपमा हेरेको पाएकाे उनले दाबी गरे।

मतपत्रबाट जनताले घन्टी बजाइसकेका उनले जिकिर गरे। ‘जनताले आशा र भरोसाको रूपमा हेरेको रूपमा पाएँ। जनताले हामीलाई खोजेका रहेछन्’, उनले भने,  ‘जनताको तयारी मतपत्रबाट जनताले घन्टी बजाइसकेका छन्। हामी आम नागरिकसम्म पुग्नुछ।’

कठिन भएपनि त्यो गन्तव्यमा पुग्ने भन्दै सभापति लामिछानेले भने, ‘एक वर्षभित्र महाधिवेशनमा जान्छौ। संगठन विस्तार गरी मिलेर जान्छौँ। विधि र विधानभन्दा बाहिर नगएर सबै मिलाएर अगाडि बढाउँछौँ।’ 

प्रकाशित मिति: : 2023-06-22 12:35:00

प्रतिकृया दिनुहोस्