कसकाे सरकार टिक्छ भन्दै कुर्नुपर्ने स्थिति आएको छ: झलनाथ खनाल

नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानीत नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले कसकाे सरकार टिक्छ भन्दै कुर्नुपर्ने स्थिति आएको बताएका छन्।

काठमाडौंको राष्ट्रिय सभागृहमा साेमबार आयोजित समाजवादी मोर्चा घोषणा कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

नेपाली जनताले दलहरुलाई बहुमत दिएपनि जनताप्रति कम उत्तर दायित्व देखाएकाले यस्तो संकट आएको उनले जिकिर गरे। खनालले देशमा उद्योग, व्यापार सञ्चालन नगरेका कारण जनविश्वास घट्दै गएको समेत बताए।

‘हाम्रो देशमा कृषिजन्य उद्योग, पानीजन्य उद्योग, खानीजन्य उद्योग बनाउन सकिन्थ्याे तर सकेनौँ। देशको महत्वपूर्ण विषय उद्योगहरु सञ्चालन गर्न सकेनौँ। दुई तिहाइको बहुमत हुँदा समेत हामीले केही गर्न सकेनौँ’, उनले भने, ‘शिक्षा र स्वास्थ्यमा विकराल स्थिति आएको छ। युवाहरु एक हुन जरुरी छ। आर्थिक रुपमा श्रोषन दमनको अन्य गर्न समाजवाद आवश्यक छ।’

खनालले सबै कुराको विकल्प समादवाद रहेको बताउँदै अब जातीय, सांस्कृतिक, भाषिकलगायतको विषयको अन्तिम विकल्प समाजावाद रहेको बताए। उनले देशलाई आधुनिकीकरण गर्नुपर्ने समेत बताए।

प्रकाशित मिति: : 2023-06-19 18:01:00

प्रतिकृया दिनुहोस्