सामाजिक सञ्जालको दुरुपयोग गरी चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा पवर्त कुश्मा नगरपालिका–१४ का स्थायी रामकुमार सुनार रहेका छन्।
नक्कली फेसबुक आइडी बनाएर अश्लील फाेटाे र भिडियाे राख्ने उनी गत आइतबार दिउँसो पक्राउ परेका हुन्।
पोखराबाट पक्राउ सुनारलाई विद्युतीय ऐन २०६३ अपराधको कारबाही हुने कास्की जिल्ला प्रहारी कार्यलाय प्रहारीले जनाएकाे छ।