प्रधानमन्त्री प्रचण्डविरुद्धको मुद्दामा सर्वोच्चद्वारा कारण देखाऊ आदेश

File Photo
File Photo

सर्वोच्च अदालतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईविरुद्ध परेकाे मुद्दामा कारण देखाऊ आदेश जारी गरेको छ।

माओवादी युद्धमा बाल सेना दुरुपयोगलगायतका आरोप लगाउँदै लेलिन विष्टले दायर गरेको रिटमा न्यायाधीश सपना प्रधान मल्लको इजलासले कारण देखाऊ आदेश जारी गरेको हो।

पूर्वबाल सैनिक विष्टले माओवादी युद्धमा प्रयोग भएको बाल सैनिक अन्तर्राष्ट्रिय मानवीय कानुनविपरीतको कार्य भएकाे भन्दै प्रचण्ड, बाबुराम भट्टराईलगायतलाई कारबाही गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए। 

प्रकाशित मिति: : 2023-06-13 17:58:00

प्रतिकृया दिनुहोस्