प्रस्तावित प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीको संसदीय सुनुवाइ बिहीबार हुने भएको छ।
संसदीय सुनुवाइ समितिको सोमबार बसेकाे बैठकले प्रधानन्यायाधीशमा प्रस्तावित कार्कीको संसदीय सुनुवाइ जेठ ३२ गते गर्ने निर्णय गरेको हाे।
कार्कीमाथि विभिन्न २९ उजुरी परेका जनाइएको छ। बैठकले ३१ गते उजुरीउपर छलफल गर्ने र ३२ गते कार्कीको सुनुवाइ गर्ने निर्णय गरेको हो।
बैठकमा उक्त उजुरी समितिका सदस्यलाई वितरण गरेको छ भने सदस्यले मङ्गलबार अध्ययन गरेपछि बुधबार बैठक राखेर उजुरीकर्तालाई बोलाइ छलफल गर्ने जनाइएको छ। यसैगरी आजको बैठकले समितिको बैठक कार्यविधि परिमार्जनसहित पारित गरेको छ ।